काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । शीतल निवासमा मंगलबार आयोजित बैठकमा संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् भन्ने राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले चाहना तथा शुभेच्छा राख्नु सकारात्मक भएको प्रचण्डको भनाइ थियो ।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ’, प्रचण्डले बैठकमा भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन ।’
प्रचण्डले संसद् खुलाउन आफूहरु निरन्तर छलफलमा रहेको र संसद् सुचारु गर्न सहमतिको करिब करिब नजिक पुगेका पुगेको बताए ।
प्रचण्डले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सर्वदलीय बैठक नेकपा एमालेले भने बहिष्कार गरेको थियो ।
More Stories
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार
विमानस्थलमा हल्ला गरेका निगमका यात्रुलाई ज्ञानेश्वर पुुर्याइयो, साँझ मुम्बई उडाउने तयारी