July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रकम हिनामिना गर्ने सिम्रौनगढका अधिकृत र लेखा प्रमुख दोषी ठहर, ४ लाख जरिवाना र ६ महिना कैद

वीरगञ्ज १५, २०८०
माछापोखरीको ठेक्काको रकम हिनामिना गर्ने बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत र लेखा प्रमुख दोषी ठहर भएका छन्। दुबैजना विरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दाको सोमबार सुनुवाइ गर्दै अदालतले दोषी ठहर गरेको हो।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीलाई अदालतका न्यायाधीश टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार गरेको ठहर गरेको हो।

अदालतले दुबै जनालाई जनही ४ लाख ६१ हजार २ सय ५० रपैयाँ जरिवाना र जनही ६ महिना कैद सजाय फैसला गरेको हो।

अख्तियारले बितेको जेठ ३ गते उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मरासिनी र तत्कालीन लेखा अधिकृत चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५र७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५ सय रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानीनोक्सानी पुऱ्याएको अख्तियारको दाबी थियो। देश सञ्चार