भदौ १८ गते
रौतहटको ऐतिहासिक औधोगिक क्षेत्र चिनिएको गरूडा स्थित विगत लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः संचालनमा आउने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको हुनाले मेरो विशेष प्राथमिकता र पहलमा श्रीराम सुगर मिल्सको संचालक हितेश गोल्छाको प्रतिनिधिका रूपमा रमेश दाहाल उपस्थित भई त्यस मिल्ससँग सम्बन्धित कर्मचारी, व्यापारी, नेता, स्थानीय र किसानहरूको सहभागीमा विभिन्न छलफल भएको छ ।
छिटोभन्दा छिटो श्रीराम सुगर मिल्स संचालनमा ल्याउन सबै पक्षको सर्वसहमति पश्चात् मिल्स भित्र रहेको सम्पूर्ण मेसिनरी औजारहरू समेतको अनुगमन गरेको छु । अब छिटै हाम्रो रौतहटबासीको सपना सकार हुनेछ पहल जारी छ । किसान र कर्मचारीको पीडा हेर्दाहेर्दै दिक्क भएर मैले आफ्नो पहलमा काठमाडौंमै कतिपटक बैठक गराएर आज गरूडा स्थित चिनी मिल्सको प्राङ्गण समेतमा त्यहाँका बर्षौदेखि तलब नपाएका कर्मचारी, करोडौं बाकी रहेका किसान र स्थानीय राजनीतिकर्मीहरूसँग बृहत छलफल गरि सबैको कुरा सुन्दा त्यहाँ एउटै चाहना छ जसरी भएपनि श्रीराम सुगर मिल्स संचालन हुनुपर्छ भने जिज्ञासा सुनेर यसमा अझ पहल गर्न उर्जा प्रदान भएको छ ।
स्थानीय स्तरमा दिनरात पहल गर्ने उखु किसान संघर्ष समितिका अध्यक्ष अशोक यादव, मेयर प्रत्यासी वृजकिशोर यादव, अनिल यादव, दिपक यादव, नेता रामजी साह, नेता राजकुमार दास, सन्तोष साह लगायतको उपस्थिति रहेको थियो ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड