September 16, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने

 

रन्धिर साह २१ गते

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया गाउँका श्री माध्यमिक बिधालय कर्कच गूठीको बिधालय व्यवस्थापन समितिको लागि निर्वाचन हुने भएको छ ।

बिहीवार भएको बैठकद्वारा चुनावको माध्यमबाट समिति चयन हुने प्रस्ताव सर्व सहमतले पारीत भए पश्चात् समिति चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम विकल्प भएको भन्दै निर्वाचन प्रक्रियाबाट समिति चयन गरिने बिधालयका प्रधानाध्यापक पवन पंडितले बताए । उनका अनुसार अभिभावकहरु मध्ये चाहना भएका अभिभावकहरुले भदौको २४ गते उम्मेदवारको मनोनयन पत्र बिहानको ११ बजेदेखि दिउसो ४ बजेसम्म सम्पुर्ण विवरण, कैफियतहरु विद्यालयको प्राङ्गणमा राखिएको निर्वाचन कार्यालयमा भौतिक उपस्थित भइ उम्मेदवारको दावी तथा विरोधमा उज्री पत्र दर्ता गर्न अनुरोध समेत गरेका छन् । साथै उम्मेदवारले आफ्‌नो नाम फिर्ता लिन चाहेमा भदौ २५ गते र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन दिउसो १ बजे तथा उम्मेदवारलाई चिन्ह प्रदान गर्ने लगायतको नियम कानुन निर्माण गरिने बिधालयका प्रधानाध्यापक पंडितले बताए । यस्तै चुनावको कार्यक्रम भदौ २८ गते बिहान ८ बजेदेखि शुरु भइ दिउँसो ४ बजेसम्म मतदान हुने देवाही गोनाही नगरपालिकाको शिक्षा शाखा प्रमुख अरबिन्द यादवले बताए ।

बिहिवार भएको बैठकमा देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कचका वडा अध्यक्ष विष्णु दास, पुर्व वडा अध्यक्ष अनिलकुमार झा, महेश यादव, पवन पंडित, राजु यादव, वडा नम्बर ५ टिकुलिषरयाका वडा अध्यक्ष ओपिन्द्र साह, स्थानीयहरु तथा जनप्रतिनिधिहरु लगायतको रोहवरमा चुनावका लागि विभिन्न विधेक पास गरि भदौ २८ गते शुक्रबारका दिन चुनाव हुने तय भएको हो ।