September 16, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्‍याली

भाद्र २१ गते

रन्धिर साह । रौतहटमा कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषयहरुमा नारावाजी गर्दै कर्कचमा युवाहरूद्वारा विरोध र्‍याली निकालिएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थिति कर्कच कर्मैया गाउँका स्थानीय तथा युवाहरुले शनिबार विरोध प्रदर्शन गरेका छन् । गाउँको केन्द्र बिन्दुका रूपमा रहेका राम जानकी गूठी मठबाट विरोध सभा विभिन्न नारावाजी सहित आँसु झाको नेतृत्वमा निकालिएको थियो । शनिबार निकालिएको विरोध र्‍यालीमा विभिन्न नारासहित गाउँको भ्रमण गर्दै पुर्ण राम जानकी मठमा विरोध प्रदर्शनलाई कोण सभामा परिणत गरि कार्यक्रमको समापन गरेको थियो । आज गरिएको सभ्य र शान्तिपूर्ण आन्दोलनले पुर्णता न पाए थप कडा तरिकाले आन्दोलनमा उतर्ने आसु झाले बताए ।

यस्तै विरोध सभाको समर्थन जनाउँदै आम जनता पार्टी तथा सोही वडाको पुर्व वडा अध्यक्ष अनिलकुमार झाले कर्कचमा देखा परेको विभिन्न किसिमको बेथितिलाई रोका गर्न युवाहरूले चालेको कदम सकारात्मक रहेको तथा समाजमा सुशासन कायम गर्न र सबै प्रकारका बिसंगतिहरुको अन्त्य गर्न वडा अध्यक्ष विष्णु दासलाइ ध्यानाकर्षण समेत गराएको छन् । साथै पुर्व वडा अध्यक्ष झाले आजको कार्यक्रम सामान्य भएता पनि अगामी दिनमा वडा अध्यक्ष दासले सकारात्मक कदम नचालिएमा यो भन्दा कडा तरिकाले आन्दोलनमा उतरिने सहित चेतावनी दिएका छन् ।

यस्तै वडा प्रत्यासी पवनकुमार ठाकुरले पनि आफ्नो समर्थन आन्दोलनलाई जनाउँदै स्थानीय तहद्वारा भएको असुली धन्दालाई रोका गर्न तथा समाजमा मौलाउदै गरेको नकारात्मक क्रियाकलापलाई नियन्त्रण गर्न र वडा कार्यालयलाई निजि भवनमा नराखी सार्वजनिक भवनमा राख्न सुझाव सहित सतर्क गराएका हुन् ।

कार्यक्रममा स्थानीयहरु,जनप्रतिनिधिहरु, समाजसेवीहरु तथा युवाहरू लगायतको उपस्तिथि रहेको थियो ।