September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

व्यक्तिगत रिसिइवी साध्न सरकारी सम्पत्ती तोडफोड गरेर अरुलाई फसाउने नियत देखियो मेयर अम्ब्या खातुनको

रौतहट, २४ असार ।
स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिले व्यक्तिगत रिसिइवी साध्न सरकारी सम्पत्तीलाई हानी नोक्सानी पुर्याउन पछि पर्दैनन्, यस्तै घटना अहिले रौतहटमा घटित भएका छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्ब्या खातुन र उनको श्रीमान् महोम्मद सेराज सहित ना.१ झ. १७०१ नम्वरको नगरपालिकाको गाडीमा ६ जना किनमेल गरेर गत शुक्रवार अर्थात असार २१ गते गौरबाट फतुवा विजयपुर तर्फ फर्किदै थिए । सोही क्रममा राजपुर नगरपालिका वडा नम्वर १ स्थित इद्रिश गेट नजिक ८ बजे असलम आयल स्टोर्सका कर्मचारीहरुले उक्त गाडीलाई रोकेर मेयर संग इनधनको बकाया रुपैया चुक्ता गर्न भनेर गाडी अघि बढ्न दिएन ।
मेयरको गाडीलाई रोकिएको खवर प्रहरीलाई प्राप्त भएपछि तत्कालै अस्थायी प्रहरी पोष्ट बमनहरबाट प्रहरी पुगेर इनधनको बाकी बक्यौता रकम नगरपालिकाको कार्यालयमा गएर हिसाव किताव गरौं बाटोमा यसरी मेयरलाई रोक्ने काम गर्नु राम्रो नभएको पम्प संचालकलाई सम्झाएपछि मानेर त्यहाबाट पछि हटे । उक्त विषयलाई लिएर मेयर खातुन र उनका श्रीमान् सेराजले आफूलाई बेइज्जती गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी गर्ने भन्दै साढे ८ बजेको समयमा गौर तर्फ फर्किएको श्रोतले बतायो ।
मिडिया रिपोर्टका अनुसार इद्रिश गेटबाट गौरको दुरी पाँच किलोमिटर भएपछि ९.१५ मिनेटमा जिल्ला प्रहरी कार्यालय गौरको कन्ट्रोलमा मेयरको गाडीको सिसा तोडफोड गरेको रिपोर्ट लेखाइयो । तर इद्रिश गेटमा प्रहरीले सबै कुरा हेर्दा कुनै त्यस्ता घटनाहरु नभएको तर ४५ मिनेट पछि यस्ता घटना बाहिर आउनु शंकाको घेरा भित्र मेयर सहितका त्यसमा सवार व्यक्तिहरु आए ।
मेयर चढ्ने गाडीलाई तोडफोड गर्ने असलम आयलका कर्मचारीहरुलाई करवाही गर्नुपर्ने भन्दै मेयर निजका श्रीमान् प्रहरी माथि निकै दवाव बनाउन सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडिया श्रोतका अनुसार व्यापक रुपमा गहन अनुसन्धान एवं छानविन गर्दा इद्रिश गेटबाट फर्किएको गाडी विपी चोकबाट टिकुलिया रोडमा गएर ढुंगाले साइड पछाडीको सिसा फटालेर जिल्ला प्रहरीमा गई रिपोर्ट कन्ट्रोलमा लेखाउन लगाए ।
यसरी मेयर जस्तो निर्वाचित स्थानीय सरकार प्रमुख आफैले वा आफनो मानिसबाट सरकारी सम्पत्तीलाई तोडफोड गराएर हानी नोक्सानी पुर्याएर व्यक्तिगत रिसिइवी साध्न पछि नपर्ने यस्ता जनप्रतिनिधिलाई कारवाही किन नगरिने ? अहिले प्रश्न उठेका छन् ।
यति मात्रै हैन, अनुसन्धान गर्ने निकाय माथि दवाव बनाउनु, विना कसुर मानिसलाई समात्न लगाउनु कति सम्म मेयर जस्ता व्यक्तिलाई सुहाउछन् अहिले गम्भीर प्रश्न उब्जीएको छ ।
यस विषयमा असलम आयल स्टोर्स गौरका संचालक शेख असलमले गत साउन महिना देखि निरन्तर रुपमा फतुवा विजयपुर नगरपालिकाले इन्धन लिएपनि भुक्तानी दिन अनाकानी गरिरहेको, कहिले लेखापाल सरुवा त कहिले प्रमुख प्रशासकीय अधिकृतको सरुवाले गर्दा भुक्तानी भएन । ९ लाख ५७ हजार भुक्तानी बाँकी रहदा गत शुक्रवार मेयर अम्ब्या खातुन चढेको गाडी रोक्न खोज्दा पम्प अगाडीबाट भागेपछि बाइकबाट हामी पछ्याउदै इद्रिश गेटमा रोक्न सफल भयौं तर केही वेरमो धेरै सुरक्षाकर्मीहरु पुगेर भोली तपाईको समस्या समाधान हुने भनेपछि हामी फर्कियौं । त्यस पछि के भयो आफूहरुलाई थाहा भएन् ।
फतुवा विजयपुरको मेयर खातुनको नम्वर ९८११८३८५४१ नम्वरमा कल गरेर सम्पर्क गर्न खोज्दा आगमन कल निषेध गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय श्रोतबाट यस विषयमा आवश्यक अनुसन्धान हुँदा मेयर सहितका गाडीमा सवार व्यक्तिहरु आफैले सिसा फटाई अरुलाई फसाउने प्रपंच रचिएको शंका उत्पन्न भएको तथा केही प्रमाणहरु पनि फेला परेको बुझिएका छन् ।