बिहीबार, असार १४, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलिसम्म प्रदेशसभा बैठक स्थगन गर्न माग गरेका छन् । जवाफ दिने तयारीमा समय लाग्ने भन्दै भोलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न माग गर्दै कार्कीले सभामुखलाई पत्र पठाएका हुन् ।
दलको नेताहरू बोलिसकेपछि मुख्यमन्त्री कार्कीको बोल्ने पालो आएपछि भने सदन ३० मिनेटको लागि स्थगित गरिएको थियो । तर, बैठक भने अझै बस्न सकेको छैन ।
‘अर्थसम्बन्धीसमेत प्रश्न उठेको छ । आज अर्थमन्त्रालय बिदा छ । भोलि तथ्यांकसहित प्रस्तुत गर्छु भनेर आजको बैठक स्थगित गर्न सभामुखलाई मुख्यमन्त्रीज्यूले आग्रह गर्नुभएको छ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भन्डारीले भने ।
अहिले मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू मुख्यमन्त्री निवासमा छलफल गरिरहेका छन् ।
मुख्यमन्त्रीले भोलिसम्मका लागि बैठक स्थगित गर्न माग गरे पनि सभामुख बाबुराम गौतमले भने आजै राति ८ बजे बस्ने गरी बैठक बोलाएका छन् ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार