December 5, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बजेट पारित गर्न एमालेले माग्यो मत विभाजन

 

१३ असार, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१  को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभामुख देवराज घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनी मतका लागि प्रस्ताव गरेका थिए । सभामुखले हुन्छ भन्ने पक्षमा बहुमत देखा परेको उल्लेख गर्दै बजेट पारित भएको घोषणा गरेका थिए ।