काठमाडौँ
नेपाली काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक मंगलबार बसेको छ । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको हो ।
बैठकको निर्णय बमोजिम काँग्रेसको सदस्यता अनलाइन सम्बन्धमा अनलाइनबाट सदस्यता प्रदान गर्न शुरु गरेको जनाएको छ । बैठकले अब काँग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिनेछ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे