राैतहट, ७ मंसिर
प्रदेशसभा अन्तर्गत राैतहट ३ क मा स्वतन्त्र उम्मेदवार केशव राय चाैधरीले अग्रता जारी राखेका छन् । बुधबार दिउँसो ३ बजेसम्म मत गणना हुँदा चाैधरीले एमाले- जसपा संयुक्त गठबन्धनका उम्मेदवार पुजा चाैधरीलाई ६ सय भन्दा बढी मतले पछि पारेका छन् । केशवले ७१६९ र पुजाले ६५५६ मत पाएका छन् ।
दुबै बिचकाे मतान्तर ६ सय १३ मत रहेकाे छ । २०७४ को निर्वाचनमा नागेन्द्र यादवले याे क्षेत्र बाट जितेका थिए । उनले प्राप्त गरेकाे मत ४ हजार ३ सय ९ रहेको छ । राैतहट क्षेत्र नम्बर ३ क मा अहिले कटहरिया वडा नम्बर १ काे मतगणना भइरहेको निर्वाचन अधिकृत मेघनाथ चपागाईले जानकारी गराउनु भयाे ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार