वीरगन्ज : पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन्।
पाँच दलीय गठबनधनका उम्मेदवार एंव कांग्रेस केन्द्रीय सदस्य चौरसिया निकटतम प्रतिस्पर्धी जसपा-एमाले गठबनधनबाट जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीभन्दा ६ हजार ६ बढी मत प्राप्त गर्दै विजयी भएका हुन्।
चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन्। चौरसिया तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन्।
२०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए।
२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसँग पराजित भएका थिए।
त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोस्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए।
पर्सा २ को प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत पाएका छन्। annapurna
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार