काठमाण्डाै, कात्तिक २०, २०७९
मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस आन्दोलनसँग जोडिएकै मुद्दालाई समेट्दै घोषणापत्र सार्वजनिक गरेको छ ।
आज आइतवार महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
लोसपाको घोषणापत्रमा संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रूपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति र हरेक विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्त्वका साथ समेटिएको छ ।
यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी लगायतका दलले घाेषणापत्र सार्वजनिक गरिसकेका छन् । उज्यालो
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार