January 22, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पर्सा २ (ख) बाट लोसपाका कुर्मी पुनः विजयी

वीरगंजपर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का रमेश प्रसाद कुर्मी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

कुर्मीले ९ हजार ४७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सिंहले ६ हजार ८३४ मत मात्र प्राप्त गरेका छन्। कुर्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहभन्दा २ हजार ६ सय ३७ बढी मत ल्याएर निर्वाचित भएका छन्।

त्यसैगरी, ३ हजार ७ सय ९० मत ल्याएर नेकपा (एमाले)का हरेराम पटेल तेस्रो स्थानमा रहेका छन् भने २ हजार ८ सय ३६ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमानन्द साह कानु चौथो भएका छन्।

पाँच दलीय गठबन्धनको तर्फबा साझा उम्मेदवार रहेका कुर्मी यसअघि पनि पर्सा २(ख) बाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए। कुर्मीले यसअघि ९ हजार ७ सय ६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका रामरूप कुर्मीलाई पराजित गरेका थिए। पहिलोपोस्ट