July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार

 

कृष्ण तिवारी

,रौतहट,साउन २१ गते । जिल्ला वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष रामप्रवेश दास तत्माले आज कार्यभार सम्हालेका छन् । उनलाइ डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले कार्यकक्षमा स्वागत सम्मान गर्नु भएको हो । उनलाइ मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार लोसपाका नेता तथा कटहरिया नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रह्नु भएका दास जिल्ला बन पैदावर तथा आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनीत हुनु भएको थियो । मधेश प्रदेश,प्रदेश वन ऐन २०७७ को दफा ९४ को प्रावधान अनुसार गत साउन १८ गते मन्त्रीस्तरीय निर्णय अनुसार समितिको अध्यक्षमा दासलाइ मनोनित गरिएको थियो । मधेश प्रदेश सरकारको उदेश्य अनुरुप प्रचलित ऐन कानुनको परिधिभित्र रही जिल्ला वन पैदावार आपूर्ति समितिबाट वन पैदावारको सहज आपूर्ति र न्यायोचित वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेर मन्त्रालयले उनलाइ यो जिम्मेवारी दिएको हो । पदभार ग्रहण गरे लगतै अभिव्यक्ती दिदै उनले, अब जनताले सहजरुपमा काठ पाउने प्रतिबद्धता जनाएका छन् । उनले खासगरी आपूर्ति समितिको कार्य क्षेत्र र उदेश्य अनुरुप सर्वसाधारणलाइ सर्वसुलभ तरिकाले बिना झंझट काठ आपूर्ति गरिने बताउनु भयो । घरायसी प्रायोजनको काठ आपूर्ति गर्नु पर्ने भएपनि त्यस्तो नभएको पाएको छु । अब त्यस्ता विकृति लाइ अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यालयको अवस्था पनि भद्रगोल रहेकोले सुधार गरिने बताउनु भयो । काठको विचौलिया लाइ पनि पाखा लगाउने बताए । साउन २८ गते पहिलो बैठक बसी कर्मचारीको पारिश्रमीक लगायतको विषयमा छलफल गर्ने बताउनु भयो । काठ वितरण गर्नु पूर्व अनुगमन गरि आवश्यकता अनुसार वितरण गरिने बताउनु भयो । फस्ट टै«क हिसाबले जनताले कसरी काठ पाउने छन् त्यसमा आफू लागने बताए । यसमा मेरो भूमिका अग्रणी रुपमा रहने उनको भनाइ छ । काठ वितरणमा विचौलिया,तस्कर र व्यापारीहरुको चलखेल पूर्णरुपमा निस्तेज पार्ने धारण व्यक्त गरेका छन् ।