September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी

साउन ०४ गते प्रेमचन्द्र झा

राैतहटका फतुवा विजयपुर नगर पालिका स्थित दुई विधालयको प्रधानाध्यापकको जिम्मा एक जनालाई दिएपछि नगरपालिका आलोचित भएका छन । आर्थिक चलखेलको आधारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्थायी शिक्षक हुदा हुँदै राहत शिक्षक सुबोध यादवलाई दुईबटा विधालयको प्रधानाध्यापक बनाएको स्थानीयले आरोप लगाएका छन ।
प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले सरस्वती प्राथमिक विधालय विजयपुरका प्रधानाध्यापक राहत शिक्षक सुवोध यादवलाई २०८० साल माघ २९ गते देखि प्राथमिक विधालय सन्तपुर दोस्तियाका पनि आर्थिक प्रशासनिक समेत हेर्ने गरि जिम्मेवारी दिईएपछी नगर पालिका आलोचित भएका हुन । नगरपालिकाको चलानि नम्बर ८८८को पत्रानुसार उक्त दुबै विधालयका प्रधानाध्यापक रहेका यादवसंग सोध्दा आफुले पाएको जिम्मेवारी अनुसार दुबै विधालयलाई मिलाएर समय दिदै आएको बताए ।
सो नगर पालिकाका शिक्षा संयोजक मुकेस साहले प्राथमिक विधालय सन्तपुर दोस्तियामा स्थायी शिक्षक हुदाहुदै राहतको शिक्षकलाई कसरी प्रधानाध्यापक बनाईयो आफुलाई जानकारी नरहेको बताए । सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानसंग यश बारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
शिक्षा विकास तथा समन्वय ईकाई राैतहटका प्रमुख राम विनय कुमार सिंहले फतुवा विजयपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानले आफै जस्तै जिल्लालाई बनाउन खोजेको आरोप लागाए ।
कटहरीया र फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान भए जस्तै यादव पनि दुईवटा विधालयको प्रधानाध्यापक हुन पाएको ईकाई प्रमुख सिंहले वताए ।