ओखलढुंगा ।
राजनैतिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै बल बहादुर राई स्मृति प्रतिष्ठानले जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनाललाई सम्मान गरेको छ । बल बहादुर राई स्मृति प्रतिष्ठानले जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनाल लाई सम्मान पत्रका साथै दोसल्ला ओडाएर सम्मान गरेको छ ।
२०२८ सालदेखि नेपाल विद्यार्थीसंघबाट राजनैतिक यात्राको थालनी गरेका खला हाल सम्म राजनैतिक रूपमा सक्रिय हुनुहुन्छ ।
२०४२ सालको सत्याग्रहमा सक्रिय सहभागी हुनुभएका समन्वय प्रमुख खनाल २०४६-२०४७ सालको जन आन्दोलनमा प्रहरी प्रशासनबाट पक्राउ समेत पर्नुभएको थियो ।
सालदेखि ५९ साल सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कोषाध्यक्ष रहेका खनाल २०६० साल देखि ६९ साल सम्म उपसभापति भएर नेपाली कांग्रेस ओखलढुंगा र समग्र जिल्लाको विकासमा अतुलनीय योगदान पु¥याएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिकाको मेयर पदमा थोरै मतले हार बेहोर्नु भएका खनाल हाल जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख हुनुहुन्छ । विगत देखी विभिन्न राष्ट्रिय व्यक्तिहरुलाई सम्मान गर्दै आएको प्रतिष्ठानले यो वर्ष समन्वय प्रमुख स्वर्गीय बलबहादुर राईको गृह जिल्लाका समन्वय समिति प्रमुख डिल्लीराम खनाल, उप प्रमुख तारा कार्की र ओखलढुंगाका काँग्रेस नेता दुर्योधन गिरिलाई सम्मान गरेको छ ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार