July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राष्ट्रपति पाैडेल डिस्चार्ज

 

काठमाण्डाै –

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उपचारका लागि गएकाे असार २ गते त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका पौडेल आज बुधवार डिस्चार्ज हुनुभएको हो ।

उपचारका क्रममा राष्ट्रपति पौडेलको छातीमा ‘पेस मेकर’ राखिएको छ । डाक्टरहरूले अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।