July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

 

मंगलवार, आषाढ १२ गते २०८०काठमाडौँ 

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जावफ माग गरेको छ ।

महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि आज अदालतले मेयर शाहसंग लिखित जवाफ माग गरेको हो ।

आज मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग अदालतले लिखित जवाफ माग्ने आदेश दिएको हो ।

‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्तिमा अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।

उक्त रिटमाथि सुनुवाइका लागि आइतबार र सोमबार पेसी पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।

बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

त्यसलगत्तै हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

यस अघि मेयर शाहलाई अदालतले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेकोमा  लिखित जवाफ माग गरेको थियो ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।

उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए। अर्थ डबली