काठमाडौँ ।
राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका छन् । नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोइक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यसै गरी, नेपालका लागि म्यानमारका गैर-आवासीय सैनिक सहचारी बिग्रेडियर जेनेरल ये हन्टले प्रधान सेनापति महारथी शर्मासँग आजै शिष्टाचार भेटघाट गरेका छन् । दुवै भेटघाटमा आपसी चासोका विषयहरूमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार