July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

एमाले उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एसमा प्रवेश

बारा,कार्तिक १९, २०७९

बारामा पुर्व श्रम मन्त्री किसान श्रेष्ठको आगमनसंगै नेकपा एमालेको उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २ सय ९३ जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन् ।

वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरिसहित एमालेमा प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन् ।

नव अगान्तुकलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले एमाले पार्टीले कम्युनिष्टको धरातल नै बिर्सेकोले कार्यकर्ताहरू पार्टी छोडेको बताए । हैकमवादी प्रवृतिको आफु पनि विरोधी रहेको उनले बताए । नेकपा एमालेको कार्यशैली बारै आफै भुक्तभोगी रहेकोले नजिकबाट कार्यकर्ताको पिरमर्का बुझिरेको श्रेष्ठले बताए ।

क्षेत्र नम्बर ४ एमालेको गढ भएर चिनाउनेले आज सम्म विकासको नाममा के गरेको भनेर तिनका उम्मेदवारसंग सोध्न पनि उनले अपिल गरे । पिछडिएर रहेका यस भेगको विकासको लागि आफु आतुर रहेको उनको भनाई थियो । भारतको बिहार र नेपाललाई हवाई अड्डाको माध्यमले जोडने यस क्षेत्रको विकासमा कुनै कमप्रोमाईज नगरिने श्रेष्ठले बताए । अबको आउदो पाच वर्षमा जनताले परिवर्तनको आभास गर्नेमा प्रतिद्वता गरेका छन् ।

नेकपा एमाले जितपुर सिमरा नगर कमिटिको उपाध्यक्ष गिरिले एमाले तानाशाही प्रवृति हावी भएको महसुस भएकोले पार्टी परित्याग गरेको बताए । एमालेबाट क्षेत्रको विकास नहुने भन्दै उहाले केहि व्यक्तिका कारण एमाले पतनको स्थितिमा पुगेको समेत बताए । राजधानि