July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

निर्वाचनपछि पनि संघ र प्रदेशमा गठबन्धनको सरकार : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताएका छन् । लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनेको र यसको जीत अत्यावश्यक रहेको औल्याउँदै खाणले सबै प्रदेश र संघमा बहुमत ल्याएर गठबन्धनले सरकार बनाउने बताए ।

शनिवार भैरहवामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले भने, ‘धेरै स्थानीय तहमा गठबन्धनको सरकार बनेको छ, अब सात प्रदेश र संघमा पनि गठबन्धनले बहुमत ल्याउँछ र सरकार बनाउँछ । देश विकास गर्छ, समृद्धि हासिल गर्छ । जनजीविकामा परिवर्तन ल्याउँछ ।’

एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धी उल्टिन सक्नेतर्फ सचेत हुनुुपर्ने उनले बताए । ‘यस निर्वाचनमा मैले चुनाव जित्छु की हार्छु भन्ने भन्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुहुन्छ कि नाई ? भन्ने सवाल महत्वपूर्ण छ’, खाँणले भने, ‘नेपाली कांग्रेससहितका पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री–प्रधानमन्त्री बन्नका लागि मात्र होइन, यो मुलुकको सुन्दर र उज्यालो भविष्य निर्माणका लागि हो ।’लोकान्तर संवाददाता