July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अवैध उत्खनन गर्ने जेसिबि नियन्त्रण गर्न नदीमै पुगिन : उपनगरप्रमुख कान्ति देवी

रामप्रवेश बैठा,रौतहट,चैत ०१ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर स्थित रहेको लाल बकैया नदी बाट अवैधरूपमा ढुङ्गाजन्य उत्खनन र ओसारपसार गर्ने क्रममा नरोकिए पछि उपमेयर कान्ति देवी महतो र वडा नम्बर १ का वडाध्यक्ष संजय प्रसाद नदीमा पुगेर जेसिबि नियन्त्रणमा लिइ अबैध उत्खनन रोकेका हुन् ।

उपमेयर महतो र वडाध्यक्ष संजय प्रसाद सोमाबार राति नदीमै पुगेर अवैधरूपमा ढुङ्गाजन्य वस्तु उत्खनन गरि ओसारपसारमा संलग्न रहल ५ वटा जेसिबीलाइ नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिएको जेसिबी नदी नजदिकमा राखिएको हो । उपप्रमुख महतो भने, ‘अब आफै नदीमा पुगेर रङ्गेहात पक्राउ गरे र नियन्त्रणमा लिन म आफैं सक्रियता देखाएको छु ।’ सरकारको राज्श्व छली भएको छ । यसको सत्य तथ्य छानबिन हुनुपर्छ ।
रौतहटको फतुवा बिजयपुर ११ बोटवा घाट लालबकैया नदिमा पुर्वसांसदको क्रशर उधोगका लागि मापदण्ड बिपरित एकै चाटी ५ वटा जेसिभि लगाइ करिब ८ फिट गहिरो र ३ किलोमिटर लामो खाल्डो खनेको वडाध्यक्ष संजय प्रसाद बताए ।
यस प्रति जिल्ला समन्वय समिति र स्थानीय प्रशासन मौन रहेको छ । यस विषयमा प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवसँग सोध्दा ठेक्काको समझौता नभएको स्विकार गरे ।