काठमाडौं १३ गते
आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एक पछि अर्को घटनाले नङग्याएको बताएका छन । समाजमा आफुलाई राष्ट्रवादी देखाउने तर व्यबहारमा ओली राष्ट्रघाती रहेको सहको टिप्पणी छ ।
२०७२ सालको भुकम्प पछि भारतको अघोषित नाकाबन्दीका बेला राष्ट्रवादको हुङकार लगाउदै नेपाली राजनीतिमा ओली लोकप्रिय बनेका थिए । तर वास्तविकतामा भने ओली दलाल व्यवसायी र बिदेशी जनताको हितमा काम गर्ने प्रवृत्तिका रहेको साहको ब्याख्या छ ।
उदाहरणको रुपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्वलाई देखाएका छन ।”केपी ओली गैरआवासीय नेपाली नागरिकलाई बंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन्” साह भन्छन् , “जो यो देशको नागरिक त्यागेर बिदेशी भयो त्यसलाई नेपालको बंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट बिदेश पुर्याऊनेहरुलाई देश बिकासका संबाहक देखने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?” पत्रकारहरुसंगको भेटमा आजपा अध्यक्ष साहले ओलीमाथी टिप्पणी गरेका हुन ।
गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि गैरआवासीय नेपालीको भुमिका रहेको बताए ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताए । अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार नपाएकोप्रती आफू जानकार रहेको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आवश्यक संसोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’
संविधान अनुसार गैरआवासीय नेपालीले नागरिकता पाउन थालिसके । संविधानत गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि आर्थिक, सामाजिक र सास्कृतिक अधिकार पाउछन् । नेपालमा सम्पती जोड्न, भएको वा जोडेको सम्पती बेचबिखन गर्न, ब्यापार/व्यावसाय गर्न, लगानी गर्न, नाफा लैजान पाउछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुन मात्रै पाउदैनन् । पछिल्लो समय प्रधानमन्त्री ओली बंशजको नागरिकता दिनुपर्ने एनआरएनएको माग छ । यो माग पूरा भए चुन्न र चुनिने अधिकार पनि प्राप्त गर्दछन । एनाअरएनएको यस्तो मागमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो राष्ट्रवादको छवि उदाङ्गो पारेको आजपा अध्यक्ष साह बताउँछन् ।
“देशको प्राकृतिक स्रोत बिदेशीलाई दिने । सरकारी उद्योगलाई निजीकरण गर्ने र हुदा हुदा एनाआरएनएलाई बंशजको नागरिकता दिने आश्वासन दिने कुराले ओली कति राष्ट्रवादी भन्ने देखाएको छ” साहले भने । सत्ताका लागि ओलीको यस्तो कार्यमा सत्तारुढ दलहरू मौन रहने गरेको उनको टिप्पणी छ ।
More Stories
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान
नेपालमा प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाए :- बरिस्ठ उपाध्यक्ष गिरी
प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘तपाईको सडक प्रदर्शन कसको बिरुद्धमा हो ?’