July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा पुर्व मन्त्री प्रभु शाहले डफली बजाएर दिए होलीको शुभकामना

रौतहट,चैत ०१ गते
नेकपा एमालेको स्थायी कमिटि सदस्य तथा पुर्वमन्त्री प्रभु शाहले डफली बजा बजाएर होलीको शुभकामना दिएका छन् । रौतहटको कटहरिया नगरपालिका स्थिति रहेको कटहरिया बिवाह मण्डप भवनमा आज (मंगलबार) होली पर्वको अवसर पारि पुर्वमन्त्री शाहले शुभकामना आदानप्रदान गरेका हुन् ।
होलि पर्वमा डफली बजाको महत्व पनि उतिकै रहेको तथा हाम्रो संस्कृतिलाई लोप हुनबाट जोगाउनका लागि शाहले संस्कृतिक रुपमा मनाइदै आएको होलि पर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गरे ।
उनले आसन्न स्थानीय तहको चुनावमा साथ दिन आग्रह गरे । अगामी चुनाव एमाले पार्टीलाइ तपाइहरुको यस्तै साथ रह्यो भने यो भन्दा पनि धेरै राम्रो सङ समाजको बिकास हुने वाचा गरे । यहाँको बिकास कसैले रोक्न न सक्ने बताए । उनले होलिको शुभकामना पनि दिएका थिए ।
सो कार्यक्रमलाइ कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्क्ष चन्दन कुमार कुश्वाहाले उद्घघोषण गरेका थिए ।
एमाले नगर कमिटि कटहरियाद्धारा आयोजना गरिएको कार्यक्रममा निवर्तमान विद्यायक कुन्दन कुशवाहाले होलि पर्वको शुभकामना दिने क्रममा उनले भने हिन्दुहरुको महान पर्वहरु मध्ये एक हो होली पर्व हो । यो पनि अब विस्तारै विस्तारै लोप हुने क्रममा छ । होलि पर्व मात्र न भई हिन्दुहरुको पहिचानसमेत रहेको हुनाले यसको संरक्षण गर्नु पर्ने हामी सबैको दायित्व रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्ने क्रममा विद्यायक कुशवाहाले भने ‘हामीलाई पटक पटक बिकासको काममा अवरोध भएको छ । तर पनि हामीले वाचा गरेको सबै कार्यहरु गरेकै छौँ । धेरै कामहरु अवरोधका कारण पनि हुन न सकेको र अगामी दिनमा यस्तै सबैको साथ भए बाँकी काम सफल हुने छ । साथै कटहरिया बजार स्मार्ट बजारको रुपमा परिचित हुने छ ।
मौलापुरको शिव मन्दिर नेपालको चर्चित मन्दिर मध्ये एक बनाउन हामी सफल भएका छौँ । तथा ३ वर्ष भित्र मौलापुरमा पर्यटन तथा बिकासको साकारात्मक गतिले अगाडि बढेको उनले बताए ।
कार्यक्रममा ८० वर्षिय वृद्धले एमाले पार्टीको नाम सहित होलिको गित वाचन गरेका थिए ।
कार्यक्रममा कटहरिया नगरपालिका नगर प्रमुख सियाराम कुशवाहाको विशिष्ठ आतिथ्यता रहेको थियो । सो कार्यक्रममा नेकपा एमाले पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।