-
राम प्रबेश बैठा राैतहट,चैत ०३ गते
हाेलीकाे पावन अवसरमा राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकाे वडा ७ बगहीमा हाेली मिलन तथा बृहत् सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयकाे आयाेजनमा साे कार्यक्रम आयाेजन गरिएको थियाे ।
वडाध्यक्ष हरिभजन साहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमकाे अध्यक्षता पूर्व गाबिस अध्यक्ष शिवनारायण चाैधरीले गर्नु भएको थियाे । बिहीबार हाेली मिलन कार्यक्रमका बिच सयाैं व्यक्तिहरू लाई सम्मान गरिएको छ । साबिक गाबिस बगहीबाट २०४९ र २०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरू,स्वास्थ्य स्वंमसेविका र सहिद परिवारलाई वडाध्यक्ष साहले सम्मान गर्नु भएको थियाे ।
जनप्रतिनिधिहरू लाई दाेसल्ला ओढाई सम्मान गरिएको थियाे भने सहिद परिवर स्वास्थ्य स्वंमसेविकाहरू लाई साडि सेट र नगद सहित सम्मान गरिएको वडाध्यक्ष साहले बताए ।
साे अवसरमा कटहरिया नगरपालिकाकाे याेजना शाखा प्रमुख रामनरेश यादव,पञ्जिकरण अधिकृत काैशल किशाेर चाैधरी,मावि बगहीका प्रधानाध्यापक नबलकिशाेर ठाकुर,वडा सचिव जयराम चाैधरी,सहसचिव धर्मेन्द्र साह वडा सदस्यहरू शेष हफिज,रामपलक साह,श्रीपती देवी,नेकपा एमालेका जिल्ला सदस्य साेनफी महताे,वडा कमिटी उपाध्यक्ष जयराम साह कानु ,वडा सचिव शिवजी राय यादव, नगरपालिकाकाे कर्मचारी,वडा कर्मचारी सहित स्थानीयहरू भव्य उपस्थिति रहेकाे थियाे ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय