September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सवारी ऐन उलंघन गर्ने ४०३ जनालाई कारवाही

रौतहट, ११ असार ।

रौतहट जिल्लामा असार १ गते देखि लिएर १० गते सम्म सवारी ऐन अनुसारको कागजपत्र नराखी सवारी गुडाएको आरोपमा ४०३ जना चालकलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी प्रेस नोटमा, असार १ देखि १० गते सम्म जिल्ला ट्राफिक कार्यालयबाट जिल्लाभरी खटिएका ट्राफिक प्रहरीले सवारी ऐन कानुनको उलंघन गरेर सवारीसाधन गुडाउने ४०३ जनालाई कारवाही गरिएको हो ।
सवारी ऐनको बर्खिलाप गर्ने ४०३ जनालाई कारवाही गर्दा तीन लाख ९७ हजार राजस्व संकलन गरिएको र उक्त जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा दाखिला गराइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
सवारी साधन गुडाउदा अनिवार्य रुपमा हेलमेटको प्रयोग गर्नुपर्ने, चालक अनुमती पत्र बोक्नुपर्ने, सवारीधनी प्रमाणपत्र बोक्नुपर्ने, सावधानी पूर्वक सवारी सवारी ऐनको परिधी भित्र रहेर गाडी गुडाउनु पर्ने सुझाव डिएसपी गिरीले दिइन् । तराई टप