September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

क्याम्पस प्रमुख हत्या प्रकरणः थप ७ आरोपी पक्राउ, ६ राउन्ड गोली बरामद

असार ११, २०८१

बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संग्लग्न भएको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।

विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूको साथबाट ६ राउन्ड गोलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले मंगलवार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

पक्राउ पर्ने सबै बारा निवासी नै रहेको पाइएको छ ।  जसमा अवधलालप्रसाद कुशवाहा, चाँदसीप्रसाद कुशवाहा, चुल्हाई भनिने श्रवणकुमार साह र आम्रपाली भनिने ब्रहमदेव राम छन् ।
यस्तै मोतीलाल चौधरी, राधेशकुमार पटेल र विनोद राउत कुर्मी पनि पक्राउ गरेका छन् ।

पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । यस प्रकरणमा फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

बाराको आदर्श कोतवाल नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट गत जेठ ३२ गते क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले शंकास्पद केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अहिले थप पक्राउ परेका हुन् । लोकान्तर संवाददाता