October 17, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

करेन्ट लागेर एकजनाको मृत्यु

रौतहट ,श्रावण १, २०८१

जिल्लाको देवाही गोनाही नगरपालिकाको गोनाही टोलमा मंगलबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

 

देवाही गोनाही–७ गोनाही टोलका चुनलीलाल पासवानले आफ्नै खेतमा विद्युतीय मोटरबाट सिँचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । आफ्नो खेतबाट मोटरमार्फत छिमेकीकोमा पानी पठाउन लाग्दा करेन्ट प्रवाह भएर पासवान गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै सशस्त्र वेश क्याम्प देवाहीबाट खटिएका सशस्त्र प्रहरीले उपचारका लागि शिवनगर झाझ पुलस्थित ग्राण्डी अस्पतालमा लगेको थियो । उपचारकै क्रममा पासवानको मृत्यु भएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।

प्राधिकरणको लापरबाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर मधेशमा सर्वसाधारणको मृत्यु हुने घटना बढिरहेको छ ।

तराई/मधेशमा २०७५ सालयताको पाँच वर्षमा ४ सय ४९ जनाको मृत्यु भइसकेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकरी दिएको छ । घटना दोहोरिरहे पनि यसलाई रोक्न प्राधिकरण र ग्राहक दुवै सचेत नभएको स्थानीय बताउँछन् ।

अधिकांश घटनामा धारा र खेतमा जडान गरिएको मोटरमा विद्युत् करेन्ट सर्ट भइ हुने गरेको छ । कान्तिपुर