September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटका केही पालिकाले समयमै बजेट पारित गर्न सकेनन

रौतहट ११ असार ।
स्थानीय तहले असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि रौतहटका केही पालिकाले बजेट पारित गर्न सकेका छैनन ।
गएको आब मा ५ महिना ढिलो गरी बजेट पारित गरेको रौतहटको फतुवा विजयपुर नगरपालिकाले पनि निर्धारित समयमा बजेट ल्याउन सकेको छैन
कार्यवाहक मेयर अमबेय खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानबीचको विवादले सोमबारको नगरसभा रोकिएको एक वडाध्यक्षले बताए । राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि गत वर्षको असार १३ यता मेयर गोपाल राय यादव निलम्बित छन् ।
देवाहीगोनाहीको नगरसभा पनि रोकिएको छ । मेयर प्रेमलाल साह र उपमेयर परनिया देवीबीच मनमुटाव बढेपछि सोमबार आयोजना गरिएको नगरसभा स्थगित भएको छ ।
मेयर साहले एकलौटी गर्न खोजेको उपमेयर परनियाको आरोप छ ।
सोमबारको सभाका लागि जेठ २७ मै पत्राचार भएको थियो । मेयर साहले विशेष कारणले सोमबारको नगरसभा स्थगित गर्नुपरेको बताएका छन ।
रौतहटका १६ नगर र २ गाउँपालिकामध्ये फतुवाविजयपुर, देवाहीगोनाही र बौधीमाईले सोमबारसम्म नगरसभा गर्न सकेका छैनन ।
गरुडा, कटहरिया नगरले यो वर्ष ५ दिनअघि नै बजेट पारित गरीसकेका छन ।
बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेका छन् ।
मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्व रहेको जनप्रतिनिधीहरुले नगरसभा बैठक बहिष्कार गरिएको बताइएको छ ।
मेयर यादव र उपमेयर जयसवाल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहित केहीले नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका थिए ।
सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरिएको थियो ।
रहेका ७ सय ५३ पालिकामध्ये १ सय ९० वटाले मात्रै मंगलवार बिहान सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा बजेट समावेस गरेका छन ।
पालिकाहरूले नगर तथा गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर असार मसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
मधेश प्रदेेशका आठ जिल्लाका एक महानगरसहित १ सय ३६ पालिकामध्ये २२ वटा पालिकाले बजेट सार्वजनिक गरेका छैनन् । कलमपाटी संवाददाता