July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा करदाता शिक्षा कार्यक्रम

आरके श्रीवास्तव,रौतहट, असार ०७ गते ।

रौतहटको बौधीमाई नगरपालिकामा करदाता सेवा कार्यालय गौर रौतहटको आयोजनामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको सिता पैलेसमा कार्यक्रम गरिएको हो । वर्तमान करको व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुटसहुलियतहरु,करको सामान्य जानकारी ,आयकर ईटिडिएसको फाईदा,बजार अुनगमन,टिडिएस,जरिवाना र ब्याजहरू लगायतको बारेमा जानकारी मूलक करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

स्वेच्छिक कर सहभागीतामा अभिवृद्धिःसुशासन,विकास र समृद्धि भन्ने मूल नाराका साथ भएको करदाता शिक्षा कार्यक्रमको अध्यक्षता करदाता सेवा कार्यालय रौतहटका प्रमुख पप्पु गुप्ताले गर्नु भएको थियो । कार्यक्रममा करदाता कार्यालयका कर्मचारी प्रमोद कुमार सिंहले विस्तृत रूपमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख प्रदिप यादवले करको नाउँमा व्यापारीहरू लाइ दुःख दिन नमिल्ने बताउनु भयो । कर कार्यालय बाट बजार अनुगमन आउँदा स्थानीय सरकार सँग समन्वय गरेर अनुगमन गर्न आग्रह गर्नु भयो । हामीले व्यापारीहरूलाई मूल धारमा ल्याउन स्थानीय सरकार बाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए ।

नगर प्रमुख यादवले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबै आ आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताउनुभयो । व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले सबैलाई करको दायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताउनुभयो । साथै उपप्रमुख प्रमिला देवीले करको नियम परिधि भित्र रहेर व्यापारीहरुलाइ काम गर्नु पर्नेमा जोड दिनु भयो । उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष पंण्डित प्रसाद जयसवालले करदाता शिक्षा कार्यक्रमलाइ चेतावनीको रुपमा लिन आग्रह गर्नु भयो ।

राज्यलाइ कर तिर्नै पर्छ । करले नै राज्य चल्छ त्यसैले हामी आफनो जिम्मेवारी बाट पछि हट्नु हुदैन् । र सरकारको तर्फ बाट पनि व्यापारीहरुले पाउने सेवा सुविधा दिनु पर्दछ । व्यापारीहरुले सोचेर समझेर व्यवसाय गरौं । व्यवस्थित रूपमा व्यवसाय गर्ने बानी बसालौं भनेर उनले आग्रह गरे ।

उहाँले कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनुभयो । कार्यक्रममा युवासंघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । ती सबै जिज्ञासाहरुको जवाफ कार्यालय प्रमुख गुप्ताले दिनु भएको थियो ।

उनले राज्यको नियम मान्दै कर समयमा तिर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बौधीमाइ नगरक्षेत्रका ८५ जना भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।