८ असार २०८० महोत्तरी
एक अध्ययनअनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजोकै कारण हुने गरेको पाइएको छ ।
निक्कै विकराल समस्याको रुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले पनि यसकाे अन्त्यको लागी नीति कार्यक्रम नै बनाएको छ ।
बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बालविवाह तथा दाइजो प्रथाको अन्त्यको लागी यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै वालविवाह तथा दाइजोप्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ ।
दाइजोप्रथा जस्तो कुप्रथाको अन्त्यका लागी स्थानिय सरकारलाइ ठुलो चुनौती वनिरहेको बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यतिवेला सर्वत्र चर्चाको विषय बनेको छ ।
नगरसभामा प्रमुख अथितिकोरुपमा सहभागी भएका महोत्तरी क्षेत्र न.२ का निर्वाचित संघिय संसद तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरद सिंह भण्डारीले नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी भएको बताए ।
कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको उनले आफ्नो धारणा राखे । ‘पहिचानको विकास मुख्य विकास हो । हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,’ उन्ले भने, ‘मटिहानीका नगरप्रमुखले यस्लाइ कायम राखेका छन ।’
बालविवाह तथा दाइजो प्रथालाइ निरुत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामूहिक सम्मानसमेत गरेको थियो । केन्द्रबिन्दु संवाददाता
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार