July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राजपुर नगरपालिका ६ का वडा अध्यक्षको निधन

आरके श्रीवास्तव,रौतहट,असार ०७ गते ।

रौतहट । रौतहट जिल्ला स्थित राजपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलमको निधन भएको छ । आज उपचारको क्रममा अल्पआयूमा स्वर्गवास हुनु भएको छ । वडाध्यक्ष आलम गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा दोस्रो पटक निर्वाचित हुनुभएको थियो ।

राजपुर नगरपालिकाले मृत्क स्व. आलमको आत्माको चिरशान्तिको कामना सहित हार्दि शोक संवेदना प्रकट गरेको छ । साथै मृतकको शोकाकुल परिवार प्रति धैर्यधारणको कामना गर्दै भोली(शुक्रवार) असार ८ गते १ दिन शोक विदा दिएको छ ।

सो दिन राजपुर नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रह्ने नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर द्धारा हस्ताक्षरित शोक संवेदनामा उल्लेख रहेको छ । यसबाट पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा याचना गरेको छ ।