July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटकाे माैलापर पताैरामा चट्याङ लागेर एक महिलाकाे मृत्यु

राम प्रबेश बैठा ,राैतहट,जेठ ०९ गते ।
राैतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान माैलापुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय माैलापुरले जनाएको छ।
मंगलबार बिहान हैण्ड पाईप बाट पानी भर्ने क्रममा चट्याङ्ग लागेर उनकाे मृत्यू भएकाे हाे ।

चट्याङकाे घटना भएको ठाउँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइरहेको र मृतककाे शव पाेष्ट मार्टमका लागि प्रादेशिक अस्पताल गाैर पठाउने तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय माैलापुरका प्रहरी निरिक्षक नन्दकिशोर चौहानले बताएका छन् ।