बिरगंज २६ गते पुस
आम जनता पार्टी (आजपा) ले बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध बिरगंजमा भोली (शनिबार) खबरदारी सभा गर्दैछ ।
हालै भ्रष्टाचार बिरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्न लागेको हो । साथै बिरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।
आजपा मधेस प्रदेश कमिटीका प्रवक्ता डा. हेमप्रसाद साहले बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते बिरगंजमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहका साथै शिर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी, भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्र बिरुद्ध आवाज उठाउदै आएको छ ।
आजपा अध्यक्ष प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् । सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए । भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए ।
बिरगंजलाई आर्थिक राजधानीका साथै भ्रष्टाचार विरुद्ध हुने खबरदारी सभाका कारण शासकबर्ग त्रसित भएको उनले जनाएका छन् । केन्द्रीय देखी प्रदेश सरकारमा रहेकाहरु राज्यको ढुकुटी लुटिरहेको बताउँदै उनले आजपा जनतामा सचेतना जगाउने उदेश्यले सडकमा आएको बताए ।
‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढदै गईरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गईरहेको छ । भ्रष्टाचार बिरुद्ध आवाज उठाउँने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’
संघिय संरचना आउँनुभन्दा अघि बिरगंजलाई राजधानी बनाउँने भनिए पनि बिरगंजसंग धोका भएको उनले बताए । प्रदेशको राजधानी बिरगंजलाई बनाउँन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भईरहेको आरोप लगाए ।
‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? हामीले बिरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ उनले भने, ‘यदी बिरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेका छौं, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’
साथै उनले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार बिरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले बिरगंजमा खबरदारी सभा गर्न लागेको आजपाले जनाएको छ ।
More Stories
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
प्रभु साहको प्रश्न, ‘बिरगंजमा लम्बा भाषण गरेर ओली फर्किए तर नारायणी रंगशाला उनको प्राथमिकतामा किन परेन्’
भारतीय सिमानाकाबाट सवारी साधनको आवागमन अवरुद्व ईशनाथ नगर प्रमुख काैशल्या देवी द्वारा दुख:व्यक्त