प्रेमचन्द्र झा
पुस १९ गते
राैतहट । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गाेविन्द गिरीले स्थानीय सरकार स्थानीय जनताको जनचाहना अनुसार काम गर्न असफल भएको दाबी गरेका छन ।
गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई प्रमुख अतिथि आसनबाट सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सुशासनको पक्षमा लाग्न आग्रह गरेका छन । गढिमाई नगरपालिकामा सडक,नाला तथा विभिन्न काम गर्दा भएको भ्रष्टाचार बिरुद्व आवाज बुलन्द गर्न सुझाव दिदै जनता नबोले सम्म भने जस्तो विकास हुदैन। गढिमाई नगरपालिकामा बाटो,नाला, खानेपानी तथा सरसफाइ लगायत कुनै पनि क्षेत्रमा विकास नभएको महासचिव गिरीले दाबी गरेका छन । आएको बजेट सदुपयोग नभए सम्म विकास सम्भव नरहेको उनले बताए । पाट्रीका गढिमाई नगर अध्यक्ष शम्भु साहकाे अध्यक्षतामा भएको पाट्री प्रवेश कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा एमाले र माओवादी सहित विभिन्न पार्टी परित्याग गरि एकसय पचास जना भन्दा बढि व्यक्ति पार्टी प्रवेश गरेका छन । पार्टी प्रबेश तथा वडा समिति गठन कार्यक्रम वरियारपुर मलाही र समनपुरमा भएको थियो । सो अवसरमा राष्ट्रिय मातृभुमि पार्टीका
केन्द्रीय काेषाध्यक्ष केशव भट्टाराई ,
केन्द्रीय सदस्य सविता झा ,
जिल्ला अध्यक्ष रन्जित पटेल
सुरेन्द्र ढकाल सुरेन्द्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकाल सहितले मन्तव्य राखेका थिए।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।