July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गरुडा नगरपालिकाका नगर प्रमुखले लामखुट्टे मार्ने औषधी छर्दै

राम प्रबेश बैठा ,रौतहट,०९ जेठ ।
रौतहट जिल्ला क्षेत्र नं ३ र ४ मा पर्ने गरुडा नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । मंगलवार देखि सो नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको छ । आज पहिलो दिन नगरपालिका अन्तर्गत वडा नम्बर १ जयनगर बाट सो वडाका वडा अध्यक्ष शेख वहाबको अध्यक्षतामा औषधी छर्ने कामको थालनी गरिएको हो ।
गरुडा नगरपालिका भित्रका गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ । उक्त जोखिमलाई उन्मुलन गर्न रेफेल नाम गरेको औषधी छरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले बताए ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताउनुभयो ।
उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी कार्यपालिका बोर्ड बैठक बसी निर्णय गरेबमोजिम नै औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो । त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् ।

गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको छ । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।