January 8, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

भारतीय सिमानाकाबाट सवारी साधनको आवागमन अवरुद्व ईशनाथ नगर प्रमुख काैशल्या देवी द्वारा दुख:व्यक्त

प्रेमचन्द्र झा
पुस २२ गते

रौतहट। इशनाथ नगरपालिकाका नगर प्रमुख काैशल्या देवी सिन्हाले भारतीय सिमानाकाबाट सवारी साधनको आवागमन अवरुद्व नै रहेकमा दुख: व्यक्त गरेका छन । नगरप्रमुख सिन्हाले सोमबार आफनो कार्यकक्षमा पत्रकारहरुसंग कुरागर्दै हाम्रो नगर क्षेत्रमा सिमानाकाबाट सवारी साधन आवागमन बन्द रहेका कारण ठुलो समस्या भोग्नु परेको बताए ।सिमानाकाबाट रोकिएको सबारी आवागमन बारे फेसबुकमा जसरी प्रचार प्रसार आए त्यो कुरा संग मेल खाने काम बोडरमा नभएको नगर प्रमुख सिन्हाले बताए ।आफनै नगरबाट सिधै भारत जान आउन सहज थियो तर कसले कुन नियतले गाैर भएर मात्र गाडी जान्छ भने प्रवधान ल्याएर किन जनतालाई दुख दिदै छन आफु बुफन सकेको नगर प्रमुख सिन्हाले भने । सवारी साधन बन्द भएका कारण स्थानीय प्रशासन प्रति जनता आक्रोशित हुँदै गएको ईसनाथ नगरपालिका वडा नम्बर ४ लतमरीका समाजसेवी किशोरी साहले बताए । जब जब नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री हुन्छ सो बखत कुनै न कुनै बखेडा खाडा गरि मधेशका जनता खास गरेर बोडरका जनता समस्या भोग्नु परेको समाजसेवी साहले आरोप समेत लगाएका छन । यसरी सवारी साधन नेपालका तर्फबाट रोकिएकोमा नेकपा एमालेका जिल्ला ईन्चार्य अजय गुप्ताले दुख व्यक्त गरेका छन । समाधान भई सकेको समस्या पुन: के कति कारणले शुरु भएको हा आफु यसमा लागेर सामाधान गराउने कुारामा आश्वासत रहन ईन्चार्ज गुप्ताले भने । नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले पुर्ववत भारतीय सिमानामा आवागमन सुचारु नगरिए सरकारको बिरुद्व आन्दोलनको आंधीबेरी ल्याउने चेताबनी दिएका छन । साथै नेता झाले गाैर भन्सार कार्यालय र सशस्त्र प्रहरी कार्यालयलाई जनतालाई दुख नदिन आग्रह समेत गरेका छन । सिमाक्षेत्रमा भारतबाट आउने तथा नेपालबाट भारत जाने सवारीको आवागमनमा भएको समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधि तथा नागरिक समाजले स्थानीय प्रशासन संग पटक पटक छलफल र ज्ञापन पत्र बझाए पनि उपलब्धि जिरो रहेकाेमा सो निर्णय तत्काल फिर्ता गराउन इशनाथ नगरपालिकाका पूर्व मेयर संतोष मेहताले समेत माग गरेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमन सहज तुल्याउने विषयलाई लिएर जिल्ला स्थित सुरक्षा समितिमा छलफल भएको बताए । सशस्त्र प्रहरी गण राैतहटका प्रमुख बिक्रम हुमागाईले माथिल्लो निकायबाट स्पष्ट निर्देशन आउन नसकेकोमा पुर्ववत आवागमन सुचारु गराउन नसकिएको बताए । यश घटनाले जिल्लाका नेताहरुले यसविषयमा पटक पटक गरेको सर्व पक्षिय बैठक तथा स्थानीय प्रशासन मार्फत सम्बन्धित निकायलाई गराएको ध्यानाकार्षण निशप्रभाव सावित भएका छन । राजनितिक दलका नेताले यश विषयमा जसरी एक अर्का काे प्रयासबाट भारतीय सिमानाकामा सवारीसाधन आवागमन गराएको फेसबुकमा बढाई चढाई पोष्ट गरेर जस लिए जस्तो नाका सुचारु नबएको स्थानिय सर्ब साधारण जनताको भनाई रहेका छन ।पुन: सहजताका लागि सहयोग गर्न सरोकारवाला निकाय तथा जिल्ला स्थित विभित्र राजनैतिक दलका नेताहरुसंग आग्रह गरेका छन ।