February 10, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान

रौतहट,२८ पुस राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ आइतबार एक कार्यक्रम बिच सम्मान गरेको छ । सम्मान कार्यक्रममा रौतहट क्षेत्र नं. ३ का संघिय संसद तथा पुर्व मन्त्री प्रभु साहले शुभकामना दिदै सत्य तथा तथ्यमा आधारित भएर पत्रकारिता आग्रह गर्नुभएको छ ।
आम जनता पार्टीका अध्यक्ष समेत रहनुभएका साहले समाजका बिकृती र बिसंगतीको बारेमा खुलेर समाचार लेख्न सुझाब दिनुभएको थियो । मौलापुर नगरपालिकाबाट सरकारले धेरै कुरा सिक्नुपर्ने समेत अध्यक्ष साहले धारणा राख्नुभएको थियो ।
सम्मान कार्यक्रममा मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले पनि नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संघिय संसद प्रभु साह,नगर प्रमुख रिना कुमारी साह,उप प्रमुख नागेन्द्र यादब र प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले सयुक्त रुपमा पत्रकारहरुलाइ सम्मान पत्र,दोसल्ला तथा माला लगाएर सम्मान गर्नुभएको थियो ।सम्मान कार्यक्रममा शाखाका अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की(सुब्बा),महिला उपाध्यक्ष बिना श्रीवास्तब,सचिब गौतम श्रेष्ठ,सहसचिब जितेन्द्र श्रीवास्तब,अर्का सहसचिब दिनेश यादब,कोषाध्यक्ष संजय सहनी,सदस्यहरु रुद्र कुमारी कार्की,राम प्रवेश बैठा नन्दभुषण श्रीवास्तब, लगायत रहनु भएको थियो ।