रौतहट, जेठ ८ गते ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्रसिद्ध धार्मिक स्थल शिवनगर धाम महादेव मन्दिरमा स्नान घर र शौचालय निर्माण हुने भएको छ ।
सो मन्दिरमा दर्शानार्थीहरुका लागि ब्यवस्थित चेन्जिङ्ग रूम ९स्नान घर० र शौचालय निर्माणका लागि आज ९सोमबार० को एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनीप्रसाद जयसवाल र वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
सो मन्दिरमा श्रद्धालुहरुको घुँइचो हुँदै आएको तथा देश विदेशबाट भक्त जनहरु दर्शन गर्न शिवनगर मन्दिरमा आउने गरेका छन् । तर मन्दिरामा व्यवस्थित शौचालय नरहेको मध्यनजर गर्दै आज स्नान घर र शौचालय भवनको शिलान्यास गरेको गरुडा नगरपालिकाका नगर प्रमुख जयसवालले बताएका छन् ।
उनका अनुसार नगर स्तरिय योजनाबाट २० लाखको लागतमा शौचालय र चेन्जिङ्ग घर निर्माण हुन लागेको उपभोक्त्ता समितिका अध्यक्ष रामाकान्त राउतले जानकारी गराएका हुन् । शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनन्दन सहनी , वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी डा।नन्दकिशोर झा, एमाले नेता करिमुल्लाह, शिव मन्दिरको महन्त कृष्णदेव गिरि, कार्यपालिका सदस्य द्रुव गिरि, भुपु।मुखिया रामाकान्त राउत, कार्यपालिका सदस्य ध्रुव साह, वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।