May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कांग्रेसबाट मुक्ता यादव उपसभामुख उम्मेदवार

नेपाली कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समानुपातिक सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विपक्षी दलको समर्थनमा कांग्रेस उपसभामुख उम्मेदवार उठाउने भएको हो । कांग्रेसले सभामुखमा पनि उम्मेदवारी दिएको थियो । तर, कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्ताव मत विभाजनसम्मै पुग्न सकेको थिएन ।