October 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

काग्रेसीको कारण फतुवा विजयपुर नगरपालिकामा विकास भएन: मेयर प्रत्यासी विजय

असोज २७ गते

रौतहट ।
आम जनता पार्टी (आजपा) का स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विज फतूवा विजयपुर नगरपालिकालाई विकास समृद्धि बनाउनका लागि आम जनता मय बचाउन हुन आह्वान गरेका छन् ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतूवा विजयपुर नगरपालिकाका वडा नं १० दुधिअवामा आम जनता पार्टीका केन्द्रिय अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख अथितिमा आज आईतबार आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा बोल्दै मेयर प्रत्यासी यादवले
फतुवा विजयपुर नगरपालिकाका देशमै भ्रष्टचारको केन्द्र बन्दै गएको छ । यहांका निर्वाचित नगर प्रमुख र उप मेयर मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवको रिमोटबाट बढी भ्रस्टचार भएको छ , विगत सात वर्ष देखि काँग्रेसी नेतृत्वको कारणले यहाँका शिक्षा, स्वास्थ्य , बाटो घाँटो, लगायतका काम कुनै पनि ठोस काम हुन् सकेन, दुर्भाग्य बस अहिले सम्म यस नगरमा अहिले सम्म नगर परिषद पनि हुन सकेन यहांका कार्यरत कर्मचारी र बालबालिका, जेष्ठ नागरिकलाई बृद्धा भता नेपालीहरुको महान पर्व दशैंमा अहिले सम्म तलब मिलन सकेन यो सबको कारण एउटै चोर नेतृत्वको कारणले गर्दा अस्तव्यत बनेका हुन् ।

केही महिना अगाडी मात्र आम जनता पार्टीको बलमा यस नगर जनतालाई विद्युत महसुल फ्री गराए, आम जनता पार्टीले यस नगरमा निःशुल्क कर सहित अन्य काममा निरन्तर खवरदारी गर्ने मेयर प्रत्यासी विजय यादवले बताए । यस फतूवा विजयपुर नगरपालिकाकामा जे काम भएको छ त्यो आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साहको पहलमा भएको वहाले जिकिर गरे ।
आयोजित कार्यक्रममा पार्टी महासचीव त्रिभुवन साह, स्थाई कमिटी सदस्य संजय यादव, आम मुस्लिम मोर्चाका महा सचिव शेख मोबिन, नगर उपा अध्यक्ष सेरबहादुर पटेल, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिता, सचीव सुनिता महतो साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।