काठमाडौँ,२० कार्तिक २०७९
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।
अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता, शक्ति आफ्नै हातमा भएपनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँद पाँच पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नुपर्ने अवस्था आउनु दुखद भएको बताए ।
उनले एकातिर पाँच दल र अर्कोतिर पाँच दलको गठबन्धन रहेको भन्दै यस्ता गठबन्धन देश विकासका र जनताको लागी नभई ठगबन्धन भएको तर्क गरे । राउतले सामुदायिक समाजवाद ल्याउन देशैभरी जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार जितेन्द्र नाथ शुक्ला र विरेन्द्र जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमत पार्टीलाई एक मौका दिन आग्रह गरे । खबरहब
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार