July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण सम्पन्न

राम प्रबेश बैठा ,राैतहट,कार्तिक २० गते

राैतहटको गाैरमा जिल्ला निर्वाचन कार्यालयले ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकाे अध्यक्षता जिल्ला निर्वाचन अधिकृत छाेटेलाल दासले गर्नु भएको थियाे भने कार्यक्रम सञ्चालन पत्रकार गाैतम श्रेष्ठले गर्नु भएको थियाे । कार्यक्रमकाे सुरूमा परिच्यात्मक कार्यक्रम गरिएको थियाे । आईतवार जिल्ला निर्वाचन कार्यालय राैतहटको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जिल्ला निर्वाचन अधिकृत दासले जानकारी दिनुभयो । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरूको भूमिकाका विषयमा छलफल र निर्वाचनका बारेमा अभिमुखीकरण गरिएको दासले बताउनुभयो । कार्यक्रमकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघ राैतहट शाखा सभापति प्रेमचन्द्र झाले चुनावकाे बेला समाचार समप्रेषण गरेकै भरमा नजिर नबनाै, कार्यवाही खाने र कार्यवाहीकाे भागिदार नबन्न सबै पत्रकारहरूलाई आग्रह गर्नु भयाे । जिल्लामा रहेका पत्रकारहरूलाई हारजितकाे खेलमा नलागि सत्यतथ्य समाचार संप्रषण गर्न आग्रह गर्नु भयाे । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार माध्यमकाे महत्त्वपूर्ण भूमिका रहेकाे बताउनु भयाे । अचारसंहिता पालन गराउन पत्रकारहरू भूमिका अहम हुने उल्लेख गर्नु भयाे । अचारसंहिता पूर्ण पालन गराउन सहित सूचना संप्रेषण गर्न पत्रकारहरू लाई आग्रह गर्नु भयाे । कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकरी कृष्ण बहादुर शाहीले निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । समाचार संप्रेषण गर्दा आत्ममूल्यांक गरेर मात्र प्रकाशन र प्रसारण गर्न आग्रह गर्नु भयाे । समाचार लेख्दा परिपक्वता देखाउन आग्रह गरे । पत्रकारिता पेशालाई मर्यादित बनाउन ऐन कानुन पूर्ण रूपमा पालन गरेर मात्र विचार राख्न अनुराेध गर्नु भयाे । कार्यक्रमकाे दाेस्राे सत्रमा अधिककृत दासले निर्वाचन अचारसंहिता सहितको विषयमा जानकारी गराउनु भएको थियाे । साे अवसरमा नेपाली सेनाका राैतहट प्रमुख प्रमुख सेनानी गंगा बहादुर विष्ट,प्रहरी प्रमुख एसपि वीर बहादुर बुढा मगर,सशस्त्र प्रहरी प्रमुख ध्रुव बहादुर कार्की सहित जिल्लाका पत्रकारहरूकाे सहभागीता रहेकाे थियो ।