बुटवल,२० कार्तिक २०७९,
गृहमन्त्री बालकृष्ण खाँणले चुनावपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बनेपछि विकासको मुहान फुटाउने दाबी गरेका छन् । ‘अहिलेसम्म देशको अवस्था फेर्न भूमिका निभायौं,’ गृहमन्त्री खाँणले भने, ‘अबको पाँच वर्ष विकासबाट नागरिकको अवस्था फेर्ने छौं । विकास कस्तो हो भन्ने बुझ्ने र देख्नेगरी काम गर्नेछौं ।’
बुटवलको सेमलारमा आइतबार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले नेकपाजस्तो बहुमत ल्याएर पनि तीन वर्षमै सरकार ढाल्ने नभइ गठबन्धन पाँच वर्षसम्म पुरापूर टिक्ने दाबी गरे । ‘हामीमा व्यक्ति कसले जित्ने भन्ने स्वार्थ छैन । अग्रगामी पक्षधरले कसरी जित्ने र कसरी राजनीतिक व्यवस्था बचाउने र जनताको जीवनस्तर सुधार्ने भन्ने स्वार्थ छ,’ उनले भने,‘त्यसैले पाँच वर्ष सरकार टिकाएर विकासको मूल फुटाउन काम गर्नेछौं ।’
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत खाँणले आफूले रुपन्देहीको विकास र संमृद्धिमा गरेको योगदानलाई बचाउन जित्नुपर्ने बताए । ‘मेरो जित मेरो वा पार्टीका लागिमात्रै होइन । यस क्षेत्रको विकासका लागि पनि हो,’ उनले भने, ‘धेरै ठूला र नमुना विकास योजना सुरु गरेका छौं । यसको निरन्तरताका लागि पनि पुन: संसद्मा जानुछ ।’ कान्तिपुर
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार