पछिल्लो एक सातामा तीन सय जनामा डेंगीको संक्रमण देखिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो।
योसँगै देशभर डेंगी संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।
कात्तिक महिनाको सुरूमै संक्रमितको संख्या घटे पनि डेंगीको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ। सेतोपाटी संवाददाता
More Stories
नदीमा बेपत्ता बालकको शव फेला
करेन्ट लागेर एकजनाको मृत्यु
सिमलताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित