July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गाैर नगरपालिका र प्रभात राेडको नाला सफाई नहुंदा स्थानिय समस्यामा

कार्तिक १८ गते प्रेमचन्द्र झा राैतहट
 गाैर नगरपालिकाको सरसफाइमा फितलो रहेको पाईएकोछ । गाैर नगरपा लिका अगाडिकाे नाला वने देखि जाम नै रहेका कारण फितलो र गैर जिम्मेवारी पन सार्वजनिक भऐको हो ।पानी जम्ने लगायतका कारणले डेगीं राेग हुने लामखुट्टेको प्रज्जन हुने कुराको प्रचारप्रसार गर्ने गाैर नगरपालिका आगाडी देखि प्रभात चाैक सम्मको करिब ५ सय मिटर लामो नामा महिनाै दिन देखि जामछ। डेगीं राेग विरुद्ध औसधि छर्किने जस्त एक पछि अर्काे सराहनीय काम गरेर जनताकाे वाहवाही लिईरहेका गाैर नगरपालिकाको यस प्रति ध्यान किन नगएको होला ? प्रश्न अनुत्तरित छ। यस प्रति विकास प्रेमी नगर प्रमुख शम्भु साहको ध्यानाकर्षण गराई दिन स्थानियले माग गरेका छन । विजया दशमी, शुभदिपावली तथा छठजस्ता महापर्व पनि फोहर पानीमा आवत जावत गरि मनाएका छन । नवनिर्वाचित जनप्रतिनिधि चार्ड पर्वको रमझममा जनताको समस्या प्रति हाल सम्म उदासिन रहेको भएपनि वहांहरु कै खटनपटनमा मात्र संचालन हुने सर सफाई कर्मचारीबाट यी समस्या समाधान हुन्छ भने स्थानियअझै आशा मरेको छैन ।