July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रहरी नायव निरीक्षक चौधरी घुस रकमसहित समातिए

धनुषामा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक देवकीलाल चौधरी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

चौधरीले नगराइन नगरपालिका–२, जटहीस्थित एक जना पसलेसँग पसल सञ्चालन गर्न मासिक रुपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने भनेर थर्काउँदै घुस लिएका हुन् । उनले घुस रकम लिँदै गर्दा अख्तियार टोलीले पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । जन आस्था