
रौतहटको बृन्दावन नगरपालिका–६ हर्षाहामा हिजो बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा रौतहटकै वौधिमाई नगरपालिका–३ इनरबारि वस्ने १८ वर्षीय जितेश राय यादवको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरी चौकी हर्षाहाले जनाएको छ ।
अर्का घाइतेको सोही अस्पतालमै उपचार भइरहेको छ ।
प्रदेश २–०३–०२० प ६९२४ नम्बरको मोटरसाइकललाइ नम्बर नखुलेको सवारी साधनले हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । शंकाष्पद एउटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्युज कारखाना
More Stories
गरुडाका हस्पिटलहरुमा मुख्यमन्त्रीको अनुगमन पक्षपात वा स्टन्टबाजी ? यि हस्पिटलहरुमा किन गरेन अनुगमन
आनन्द होस्पिटलका सञ्चालक डा. उमेश प्रसाद जयसवालविरुद्ध भ्रामक प्रचार: वास्तविकता के हो?
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न