July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाही गाेनाहीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे उदघाटन

मधेश खबर राैतहट,१० गते असाेज
रौतहटको देवाही गोनाही नगरपालिका–८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष बिजय पटेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवाही गोनाही नगरपालिकाकाका नगर प्रमुख प्रमुख प्रेमलाल साहले मानव जिवनको लागि स्वास्थ्य क्षेत्र सब भन्दा महत्त्वपूर्ण बिषय रहेको बताउदै स्वास्थ्यको क्षेत्रमा प्रत्येक नागरीकले सेवा पाउन भने चाहना रहेको बताए ।
मेयर साहले देवाही गोनाही नगरपालिकामा मेयर साहले कृषिमा भ्रष्टाचार गरेको भन्दै विभिन्न समाजिक संजालमा आएको स्टाटस प्रति आपत्ति जनाउदै सत्य तथ्य बुझेर स्टाटस लेखन सबैलाई आग्रह गरेका थिए ।
नगर प्रमुख साहले नगरपालिकामा मैले भदौ २६ गते अख्तियारी लिएको र त्यसको भोली पल्ट नै भ्रष्टाचार गरेको भन्दै आरोप लगाउनु अरुको चरित्र हत्या गर्न र आफ्नो सस्तो लोकप्रियता कमाउन बाहेक केही नभएको बताउनु भयो ।
वहाले नगरपालिकामा खाता संचालन नै नभई कृषिमा घोटाला गरेको तथ्यहिन कपोकलपित र भ्रमपुर्ण स्टाटस लेखेर समाजमा समाजिक सदभाव बिगार्ने काम मात्र गरेको भन्दै त्यसको खण्डन गर्नु भयो ।
मेयर साहले सुचनाको हक मागन सबै नगरबासीको अधिकार भएको बताउदै सत्य तथ्य पत्ता लगाई स्टाटस लेखन अनुरोध गर्नु भयो ।
वहाले आफू नगरपालिकाको अगाडि रहेको पोखरीलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न चारै तिरवाट रेलिन्ङ हालेर सौन्दर्यकरण गरि दुईवटा जेटबुट खरिद गर्ने योजना रहेको बताउनु भयो ।
साथै वहाले यसै नगरपालिकाको पुर्वरहेको मधेश संग्रहालयमा आफना पुर्वजहरुले प्रयोग गरेका सामग्री र मधेशका कला संसकृतको बारे त्यसमा स्टायचुहरु राखिने बताउदै त्यस तर्फ आफनो ध्यान केन्द्रीत भएको बताए ।
साहले बिकास र पर्यटन प्रर्वधको निमित गोनाही बजारको आसपासमा लैयण्ड पुलीको लागि योजना बनाएको बताउदै त्यो कार्यमा सहयोग गरिदिन सबै नगरबासीलाई आग्रह गरेका थिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.८ का वडा अध्यक्ष बिजय पटेलले आफुले चुनावको समयमा जनता संग अस्पतालबारे गरेको वाचालाई पुरा गर्न नगर प्रमुख प्रेमलाल साहलाई पटक पटक ताकेता गरे बताउदै त्यो मिसन आज पुरा भएको बताउनु भयो ।
पटेलले आफना वडाको जनतालाई चेक जाच गराउन अरु वडाको स्वास्थ्य चौकी धाउनु पर्ने अवस्थालाई सधैको लागि अनत्य गर्न वडा भित्र रहेको घर भडामा लियर अधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको बताउनु भयो ।
पटेलले जनताको स्वास्थ्यलाई ख्यालमा राखेर नगर प्रमुख प्रेमलाल साहले गरेको निर्णय सराहनिय रहेको बताउदै नगर प्रमुखलाई बिषेश धन्याबाद दिनु भयो ।
कार्यक्रममा देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक राजिब साह,प्रशासन प्रमुख राजदेव राम, वडा नं.९ का अध्यक्ष वीर बहनदुर साह, वडा नं.५ का उपेन्द्र साह कानु, वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष अनिल झा, वडा नं.७ का निवर्तमान वडा अध्यक्ष जगरनाथ राय यादव, एमालेका जिल्ला कमिटी सदस्य राजेश साह,
विभिन्न पार्टीका प्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगाएत करिब सयौंको संख्यामा ,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।