July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

तिनै तहको निर्वाचनमा गठबन्धनका दलहरुसङ्ग मिलेर काङ्ग्रेस चुनाव लड्छ:- प्रधानमन्त्री देउवा ।

बिरगंज , फागुन २५ गते बिहीबार

सम्मानिय प्रधानमन्त्री एवम नेपाली काङ्ग्रेसका सभापतीद्वारा आफू प्रधानमन्त्री बन्न उत्सुक नरहेको तर देशमा बिधमान असहज परिस्थितिलाई चिर्न एवम लोकतन्त्रको रक्षाको लागि आफुले अग्रसरत लिएको बताउदै गठबन्धनले सहयोग र सहकार्य गरि मलाइ प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेकोले आजको दिन देशमा डर त्रास एवम चिन्ताको बातावरण समाप्त भएर गएको छ र यो गठबन्धन आगामी चुनाव सम्म पनि जारी रहन सक्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले एमसीसी परियोजना ऋणको रुपमा नभएर अनुदानमा आएको हुनाले यो देश र जनताको हितमा रहेको भन्दै यसले देशको विकासमा सहयोग पुर्याउनुको साथै रोजगारी पनि श्रृजना गर्ने एवम दुबै देशको सम्बन्ध अझ बलियो बनाउन मद्दत पुर्याउने धारणा ब्यक्त गर्नु भयो । नेपाल दुई ठूला शक्तिशाली राष्ट्र को बीचमा रहेको भन्दै उनले दुवै राष्ट्र सङ्ग समान र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पनि पार्नु भयो ।
नेपाली कांग्रेस पर्सा कार्यसमितिले बिरगंजको लर्डस दियालोमा आयोजना गरेको निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बिरगंज देश कै ऎतिहासिक एवम महत्वपूर्ण शहर रहेको र यो देशकै मुख्य प्रवेशद्वार रहनु का साथै विभिन्न क्रान्तिमा जनआन्दोलन मा यसले निकै महत्वपूर्ण भुमिकाको साथै बलिदानी समेत निभाउने गरेको र २००७ सालको क्रान्तीको बिगुल बिरगंज बाटै बजेको स्मरण गर्दै आफू २०२८ को बिद्यार्थी आन्दोलनमा पक्राउ परि यहि बिरगंजको जेलमा समेत बसेको यादगार पललाई पनि सम्झनु भयो ।
अहिलेको समय काङ्ग्रेस र देशको लागि निकै कठिन भएकोले हामी सबै एक ढिक्का भइ देश र जनताको सेवामा अग्रसर हुन आजको आवश्यकता रहेको उल्लेख गर्दै नवनिर्वाचित सम्पुर्ण पदाधिकारी एवं सदस्यहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नु भयो ।

नेपाली काङ्ग्रेस पर्साको १४ औ अधिवेशनका निर्वाचन अधिकृत नरेन्द्र कुमार केसिको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी सम्मानिय प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले फुलको गमलामा पानी हानी समुदघाटन गरेका थिए भने सो अवसरमा पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियार सहित हजारौं नेता कार्यकर्ता लाई अबिर लगाइ पार्टि प्रवेशमा स्वागत गर्नु भएको थियो ।

सो कार्यक्रमका बिशिस्ट अतिथी नेका केन्द्रिय सदस्यद्वय रमेश रिजाल , अजय चौरसिया, अतिथिहरु सुरेन्द्र चौधरी, अनिल रुङ्गटा, अजय दिवेदी, ओम प्रकाश शर्मा, जनार्दन सिंह क्षेत्री ,शंकर चौधरी,शान्ती कार्की लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य बृहस्पति कृष्ण श्रेष्ठले र सहजीकरण तिर्थ राज यादवले गर्नु भएको थियो ।

देउवाले भने ,‘अहिले एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिन्न, त्यसैले चुनावमा गठबन्धनका दलहरुसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्छ।

उनले गठबन्धनका अन्य सहयात्री दलहरु चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । संविधानको रक्षा र लोकतन्त्रलाइ संस्थागत गर्न पनि गठबन्धनका दलहरु बीचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताए।
कार्यक्रममा प्रधानमन्त्री देउवाले पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनीयारलाई कांग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका थिए।